मोःमोःउत्सवको भ्रमणमा प्रियंका र आयुषमान : फ्यानहरुको भीड

काठमाडौं । कोका–कोला नेपालद्वारा आयोजित वार्षिक उत्सव अर्थात कोका–कोला मोःमोःउत्सवको भ्रमणमा नायिका प्रियंका कार्की र आयुषमान देशराज जोसलाई भेट्न फ्यानहरुको भिड लागेको छ । उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न संचालन गरिएको सो उत्सवको अवसरको फाइदा उठाउदै फ्यानहरुको भिड लागेको हो ।

कोका–कोला मोःमोःउत्सवको चौथो वर्ष “कोक र मःमः पर्फेक्ट जोडी” भन्ने नाराका साथ उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा मोःमोःउत्सव सञ्चालन भई रहेको छ ।

कोक र मःमःलाई पूर्ण गर्ने भन्ने अभियानका साथ विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेका छन् ।

प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी शुभचिंतक र शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरेका छन् ।

कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार