पोर्तुगल ।

नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा वृहत साँस्कृतिक कार्यक्रम तथा वनभोज कार्यक्रम गर्ने भएको छ ।
समितिले कलाकारहरुको प्रस्तुतिसहित पञ्चेबाजामा नाचगान गरिने जानकारी गराएको छ । कार्यक्रम यही मार्चको २४ तारिख आइतबारका दिन बेलाभिस्ता पार्कमा हुने छ ।
दिउसो १:०० बजेदेखि शुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थिति भइदिनका लागि सह-महामन्त्री सुनील ढुंगानाले अनुरोध गरेका छन् ।
















