युरोपियन च्याम्पियनशिप छनोट : रामोसको पेनाल्टीमा स्पेनको जित

एजेन्सी । युरोपियन च्याम्पियनशिपको क्वालिफायर अन्तर्गत गएराति भएको खेलमा स्पेन विजयी भएको छ । नर्वेमाथि २-१ को जित निकाल्दै स्पेन विजयी भएको हो ।

जितका लागि रोर्डिगो र रामोसले एकएक गोल गरेका थिए । खेलको सुरुवात देखि नै दबाबमा राखेको स्पेनले १६ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफ १ -० ले अग्रता बनाएको स्पेनले दोश्रो हाफ समेत नर्वेमाथि दबाब कायम गर्न सफल भयो । तर, ६५ औं मिनेटमा पाएको पेनाल्टीलाई नर्वेका जसुवा किंगले शान्दार गोल गर्दै खेल बराबरीमा आइपुग्यो ।

खेलमा पुनरागमन गरेको नर्वेलाई पुनः ७१ औं मिनेटमा सर्जियो रामोशले पेनाल्टीमा गोल गर्दै जित निकाल्न सफल भयो । गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान रामोसले पनेन्का पेनाल्टी प्रहार गर्दै खेलमा २-१ को जित निकाल्न सफल भयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार