जनसम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रमसम्पन , सहभागीहरुले पञ्चेबाजामा नाँचे !

पोर्तुगल ।

नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा कार्यकर्ता भेटघाट, वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित सदस्य किरण पौडेलले एकपटकको नेपाली सधैंको नेपाली हुनुपर्नेमा सरकारले प्रवासमा रहेका नेपालीलाई नागरिकताबाट बञ्चित गर्न खोजेको आरोप लगाएका छन् । पौडेलले सरकार एकतन्त्रीय अधिनायकवादोन्मुख भएको दावी गरे । यो सरकारले जनताको विश्वास गुमाइसकेको छ । अब कम्युनिष्टहरुको शासनले नेपाललाई समृद्ध बनाउन सक्दैन भनेर प्रवासी नेपालीहरुले आवाज बुलन्द गर्न उनले अनुरोध गरे ।

कार्यक्रममा सहभागीहरुले पोर्तुगलमा सबै समाज र नेपालीहरु मिलीजुली बाँच्न र बस्न जोड दिए । काँग्रेस कार्यालय सचिव डा. प्रदीप पराजुली, जनसम्पर्क समिति युरोपका वरिष्ठ उपाध्यक्ष पूर्ण हमाल, नरेन्द्र हमाल, रमेशकुमार गुरुङ, कुबेर कार्की, राजेन्द्र शेर्पा, लक्ष्मीप्रसाद सापकोटा, गोविन्द पौडेल, नारायण सुवेदी, सोम शेर्पा, गोमनाथ सुवेदी, हेमन्त सेढाई, चीजकुमार तामाङ, सुशील शर्मा गैरे, तिलक गैरे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । गैर आवासिय नेपाली संघ पोर्तुगलको कार्यक्रमहरुमा बिरलै देखिने संघका बरिष्ठ उपाध्यक्ष गैरे जनसम्पर्कको कार्यक्रममा भने सधै झुल्किनछान् , उनी जनसम्पर्क समितिका खास पहरेदार मानिन्छन् ।

कार्यक्रमको अध्यक्षता कावा अध्यक्ष ओकिल केसीले गरेका थिए । उपाध्यक्ष रमेश कँडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन श्याम परियारले गरेका थिए । बार्बिक्युसहितको पार्टीमा सहभागीहरु पञ्चेबाजामा नाचगान गरेका छन् । बेला भिस्ता पार्कमा राती अबेरसम्म कार्यक्रम चलेको थियो ।

संगठनमा बेथिति नै बेथिति !

जनसम्पर्क समिति युरोपका वरिष्ठ उपाध्यक्ष पूर्ण हमाललाई आसन ग्रहण गराउने क्रममा कार्यक्रम सञ्चालकले ‘पोर्तुगलमा रहेका नेपालीहरुको राजा’ भनेर संज्ञा दिदा आयोजकमध्येका धेरैजना रातोपिरो भए । धेरैजनाले कानेखुशी गरे । त्यसो त जनसम्पर्कका महामन्त्री दामोदर सुवेदीले निर्वाचनमा विजय प्राप्त गरेका थिए तर उनी संगठनलाई जानकारी नै नदिइ महिनौअघिदेखि बेलायततिर बस्दै आएका छन् ।

सुवेदीको अनुपस्थितिमा सह महामन्त्री सुनील ढुङ्गानाले कार्यक्रम चलाउनुपर्थ्यो । जनसम्पर्क स्रोत भन्छ : कार्यक्रमको तयारी र प्रचारप्रसारमा ढुङ्गाना बेस्सरी लागिपरेका थिए । तर उनलाई कार्यक्रम सञ्चालन गर्ने अवसरबाट बञ्चित गरियो ।

त्यसो त महासमिति सदस्य चीजकुमार तामाङले यो कार्यक्रम होली, चैते दसैं र नयाँ वर्षको अवसरमा भने पनि कुनै एउटा पर्वको तिथिमा राखेको भए हुन्थ्यो भन्दै न यता न उताको दिनमा कार्यक्रम आयोजना गरेकोमा असन्तुष्टि पोखेका थिए । समितिका अध्यक्ष नेपाल रहेको बेला कार्यवाहक अध्यक्षको जिम्मा पाएका ओकिल केसीका लागि एउटा कार्यक्रम गर्नु प्रतिष्ठाको बिषय पनि हुनसक्छ ।

कार्यक्रमस्थलमा यता उता जताततै एनआरएनए पोर्तुगलमा रहेकाहरुको दौडधूप हेर्न लायकको थियो । त्यसो त कार्यवाहक अध्यक्ष केसी आफै पनि एनआरएनए पोर्तुगलको सदस्य छन् । विवादरहित र हक्की स्वभावका एनआरएनए अध्यक्ष कुबेर कार्कीले खुलेआम राजनीति गर्ने केसीलाई विधानबमोजिम कारबाही गर्छन् कि विधानलाई लत्याउछन् सबैका लागि चासोको विषय बनेको छ । समितिका अध्यक्ष विनोद घिमिरे पनि यो बिषयमा जिम्मेवार हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार