लिस्बन, पोर्तुगल ।
पदका लागि हानथाप गर्दागर्दै राजनीतिक हस्तक्षेपले पोर्तुगलमा रहेका नेपाली नारीहरु दुई गुटमा विभाजित भएका छन्। नेपाली नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले पोर्तुगलमा छुट्टै “नेपाली महिला समाज”को गठन गरेको छ ।

हिजो लिस्बनको अलमेदा पार्कमा सम्पन्न भेलाले निर्मला ढकाल खरालको अध्यक्षतामा २४ सदस्स्यीय कार्यसमितिको चयन भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ । महिला समाज पोर्तुगलको तीन उपाध्यक्षमा सुनिता भट्टराई, माया पौडेल र नानीमाया तामाङ रहेका छन् भने अलेन्तेजु र अल्गार्भ क्षेत्रबाट थप एक-एकजना उपाध्यक्ष चयन गरिने बताइएको छ । महासचिवमा सरिता शर्मा, सचिवद्वयमा सरला तिमिल्सिना र सीता ढकाल, कोषाध्यक्षमा सुशीला थापा र सह कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएकी छिन् ।
समितिको सदस्यहरुमा इन्द्रकला परियार, रिना श्रेष्ठ, तिलु पौडेल, अनुमाया नेपाली, सम्झना रेग्मी, प्रमिला ओझा रिजाल, अनु घिमिरे, पार्वती खरेल, गोमा देवकोटा शोभा सापकोटा, सरस्वती पौडेल भन्डारी, रिता सापकोटा र देवकी थपलिया रहेका छन् ।
नारी समाज भित्रको पद बांडफांड र किचलोको बिषयलाई लिएर नेकपा समर्थक प्रवासी नेपाली एकता मंचले बिज्ञप्ति निकालेपछि नारी समाजभित्र भएको राजनीतिक चलखेल छताछुल्ल भएको थियो।
लिस्बनको अलमेदा पार्कमा गठन गरिएको ‘नेपाली महिला समाज’को भेलामा महिलाभन्दा बढी नेकपा समर्थक पुरुषहरु भएको सो भेलामा सहभागी भएका नेकपा समर्थक एक व्यक्तिले भोइस अफ नेपाललाई बताए । उनले अगाडी भने, यसरी सामाजिक संस्था फुट्नु दुर्भाग्य हो।
किन र कसरी राजनीति हावी भयो नारी समाजमा ?
नेपाली नारी समाज पोर्तुगलले एन आर एन ए पोर्तुगलको २०१७-१९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई पराजित गर्न ७ दलिय सिन्डिकेटमा समाबेश भयो। समाजको आफ्नो निस्वार्थ , स्वतन्त्र र गैर राजनीतिक छविलाई चटक्कै बिर्सिएर राजनीतिक गुटमा गएर मिसिएदेखी नै समाजभित्र राजनैतिक चलखेल शुरु भयो।
नेकपा समर्थकहरुले नारी समाजको नयाँ कार्यसमितिमा आफ्नो बर्चस्व राख्ने रणनीति बनायो। नेकपा समर्थक निर्मला खराललाई समाजको अध्यक्ष बनाउन ६ महिना अगाडिदेखि नै आन्तरिक अभ्यासहरु नेकपा आर्थत प्रवासी नेपाली मंचले शुरु गरिसकेको थियो। त्यसका लागि प्रवासी नेपाली एकता मंचले नारी समाजको सदस्यता बिस्तारलाई तिब्रता दियो। प्रवासी नेपाली एकता मंचले आफ्नै पार्टी समर्थक खराललाई अगाडी सार्दै नारी समाजलाई आफ्नो शक्ति प्रदर्शन गर्ने थलो बनायो र सदस्यता विस्तार अभियान र बनेका सदस्यता संख्यालाई समाजभित्र अध्यक्ष पदको लागि बार्गेनिङ् गर्ने मुख्य हतियार बनायो।
यसैविच नारी समाजले पनि कयौ गल्तिहरु गर्यो। समाजको प्रमुख संरक्षक रहेका एनआरएनए पोर्तुगलका अध्यक्ष र नेपाली कन्सुलेटसँग कुनै पनि सरसल्लाह लिन उचित सम्झेन। समाजभित्र फुटको अवस्था आएपछि बिबादै बिबादमा मुछिएका र संघको रकम हिनामिना गरेर आर्थिक घोटाला आरोप खेपेका र बिगत २ बर्षदेखि पोर्तुगलका सार्वजनिक कार्यक्रममा कहिँ कतै नदेखिएका तत्कालिन अध्यक्ष भिम केसीसँग सल्लाह लिएर र साक्षी राख्दै सम्झौता गर्नु अर्को गल्ति गर्यो। आफैले गरेका सम्झौता आफैले कुल्चियो। गलत सल्लाहकारबाट सल्लाह लिदाको परिणामले गर्दा समाजले एकपछि अर्को नियति भोग्यो।
प्रवासी नेपाली एकता मंचको शक्तिमा समाजकी उपाध्यक्ष निर्मला ढकाल खरालको समानान्तर नारी समाज खोल्ने प्रयास र कारवाही :
नारी समाज पोर्तुगलको ९ मार्चमा हुने भनिएको दोश्रो अधिवेशनदेखि बढ्दै गएको पद र राजनीतिक किचलोले अर्को रुप लिएको हो । १४ मार्चका दिन नारी समाजले समाजका उपाध्यक्ष रहेकी निर्मला ढकाल खराललाई ब्यानर प्रयोग गरी समानान्तर नारी समाज खोल्ने दुष्प्रयास गरेको, समाजप्रति भ्रामक प्रचारप्रसार गरेको आरोप लगाउदै कारबाही गरेको थियो । निर्मलालाई समाजको विधान २०१४ को दफा ६ को उपदफा २ बमोजिम विधानविपरित काम गरेको ठहर गर्दै दुई वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरिएको समाजले उल्लेख गरेको थियो ।
प्रवासी नेपाली एकता मंचले सिता बराल समुहले निरु खराललाई मानसिक यातना दिएको र दुर्व्यवहार गरेको आरोप लागाउदै आएको छ। मंचले आफुसंग सो घटनाको भिडियो समेत भएको र कानुनी उपचारमा समेत जाने भनेर घुमाउरो पाराले धम्कीपूर्ण भाषामा बिज्ञप्ति निकालेतापानी अहिलेसम्म सो भिडियो सार्वजनिक गरेको छैन। उता नारी समाजकी अध्यक्ष बरालले आफुले त्यस्तो कार्य नगरेको र प्रमाणित भए कानुनी कारवाहीको भागीदार हुने जिकिर नेपाल टक्समा गरेकी छिन।
नारी समाजले पनि हिजो एभरेष्ट नेपाल रेष्टुरेन्टमा बैठक आयोजना गरेको थियो । बैठकमा सबैलाई समेटेर अघि बढ्नका लागि सकेसम्म कुनै पक्षलाई पनि समाजबाट नअलग्याउने निष्कर्ष निकालिएको अध्यक्ष सिता बरालले बताइन् । अब नारी समाज र महिला समाजको नाममा दुईवटा संस्था कसरी अगाडि बढ्छन् ?
नारी समाज भित्र बिबाद चुलिदै गएपछि भोइस अफ नेपाल टिभीले आफ्नो कार्यक्रम “नेपाल टक्स ” मा अध्यक्ष सिता बराल र उपाध्यक्ष निर्मला खराल दुबैलाई आ-आफ्ना कुराहरु मिडियामार्फत राख्न अनुरोध गरेको थियो। बारम्बार अनुरोध गर्दा पनि खराल नेपाल टक्समा आउन र मिडियामा बोल्न चाहनुभएन। त्यसपछि नारी समाजकी अध्यक्ष सीता बरालसँगको अन्तर्वार्ता यस्तो छ :
नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले गठन गरेको ‘नेपाली महिला समाज पोर्तुगल ’ को विज्ञप्तिको पूर्ण पाठयस्तो छ :
आदरणीय पत्रकारज्युहरु,
पोर्तुगलबासी आदरणीय दिदीबहिनी, दाजुभाइहरु !
आज मिति २४ मार्च २०१९ का दिन पोर्चुगलका विभिन्न क्षेत्रमा रहेका नेपाली महिला दिदीबहिनीहरुको एक बृहत भेला उपस्थित मध्ये सबभन्दा जेष्ठ महिला सदस्य चिनीमाया नेपालीको अध्यक्षतामा पोर्चुगलको राजधानी लिस्बनको अलमेदामा बस्यो । पोर्चुगलमा रहेका नेपाली महिला दिदीबहिनीहरुको हकहित संरक्षण गर्न र बिबिध ढंगले सहयोग पुर्याउन तथा नेपालका सबै वर्ग, क्षेत्र, जातजाति, भाषाभाषी, कला संस्कृतिलाई उजागर गर्न सबैको अपनत्व भएको एक साझा महिला संस्था आवश्यक भएको ठहर गरि भेलाले सर्वसम्मतिले “नेपाली महिला समाज, पोर्चुगल” गठन गर्ने निर्णय गरेको छ ।
भेलाले “नेपाली महिला समाज पोर्चुगल” को निम्न बमोजिमको कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको जानकारी गराउँदछौं ।
















