अनमोललाई उछिने प्रतापले

काठमाडौं ।

नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो ।

डि.पि खनालले लखेका शब्दमा भिम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजनको तादम्यता गजवले झल्किएको छ । प्रताप दासलाई पाश्र्व गायनमा एन्जिला रेग्मीले साथ दिएकी छन् ।

कार्टुन्ज् क्र्यूको नृत्य सहितको अभिनयले भिडियो थप रमाइलो बनेको छ । सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार