एजेन्सी ।

बलिउडमा विक्की कौशल, मोहित रैना, यामी गौतम र परेश रावल स्टारर् फिल्म ‘उरीःद सर्जिकल स्ट्राइक’ यो वर्षको सबै भन्दा चर्चित फिल्महरु मध्ये एक हो । यो फिल्मले बलिउड बक्स अफिसमा मात्रै २४४ करो ६ लाख भारुको कमाई गरेको छ, भने ट्रेड एनालिस्ट तरण आदर्शको आँकडामा यो फिल्मले नयाँ रेकर्डनै बनाएको छ ।
अहिलेसम्मकै सबै भन्दा बढी कलेक्शन गर्ने १० औं फिल्महरुमध्ये ‘उरी’ पनि पर्न सफल बनेको छ ।
गत जनवरी ११ मा दर्शकमाझ रिलिजमा आएको यो फिल्म करीब ४५ करोडको बजेटमा बनेको थियो । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर हिट साबित भएको छ ।
तरण आदर्शले ट्विट गर्दै उरी, धुम–३, सुल्तान, पद्मावत, बजरंगी भाइजान, टाइगर जिन्दा है, पीके, सञ्जु, दंगल र बाहुबली–२ सबै भन्दा बढी कमाई गर्ने फिल्महरु भएको जानकारी दिएका छन् । इतिहासमै एसएसराजमौलीको निर्देशनमा बनेको फिल्म ‘बाहुबली–२’को हिन्दी भर्सनले सबै भन्दा बढी कमाई गरेको जनाएको छ ।
















