खाना खादा कुर्सी टेवलको प्रयोग भन्दा पलेटी कसेर खाना खानुका यस्ता चमत्कारिक फाइदा

जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन्:

– सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ

– जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ

– यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

– जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ ।

– यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।

– यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार