बेल्जियम।

हावाहुरी प्रभावितलाई चितवन सहायता कोष बेल्जियमले १ लाख रुपैया सहयोग गर्ने भएको छ।
गत आइतबार रातीको हावाहुरीले नेपालको तराई क्षेत्रमा पर्ने बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ ।
गृहमन्त्रालयले २७ जनाको मृतकको सनाखत भएको जानकारी दिएको छ । सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने हावाहुरीले घर उजाडिएकाहरु खुला आकाशमा राहतको पर्खाइमा छन् ।
हावाहुरिकाे कारण ज्यान गुमाउनेहरुप्रति चितवन सहायता कोष बेल्जियमले गहिरो दुख ब्यक्त गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना गरेको छ । मानवीय सेवामा समर्पित उक्त सस्थाले प्राकृतिक प्रकोपले बिचल्लीमा परेका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुको राहतको लागी १ लाख रुपैयॉ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
















