साम्राज्ञीकाे रेट १६ लाख

फिल्म ‘रातो टिका’मा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले निर्माण युनिटसँग रू १६ लाख लिएर फिल्ममा अाउने भएकी छिन् ।

अशोक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘रातो टिका निधारमा’ साम्राज्ञी राज्य लक्ष्मी शाह पारिश्रमकाे अाधारमा महङ्गी नायिकाकाे रूपमा रहनेछिन् । अशोक शर्माकै निर्माणा रहने फिल्ममा उनकै छोरा अंकित शर्मा नायकको रुपमा डेब्यु गर्दै छन् भने सह नायिकाको रुपमा नीता ढुंगाना रहनेछिन् ।

वैशाख अन्तिम साताबाट छायांकन सुरु गरिने फिल्ममा साम्राज्ञी, अंकित र नीतासँगै रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार