एजेन्सी

नायिका प्रियंका चोपडा यति बेला चर्चामा छिन् । चार महिना अघि मात्र आफू भन्दा ११ वर्ष कान्छा प्रेमी निक जोनससंग विवाह गरेकी उनको डिभोर्स हुन लागेको खबर अहिले भाइरल भइरहेको छ । अमेरिकाको एक म्यागेजिनले प्रियंका र निकको डिभोर्स हुन लागेको खबर छापेको थियो ।
अब प्रियंका र निक डिभोर्सको खबर छाप्ने म्यागजिनबिरुद्ध मुद्दा हाल्ने तयारीमा जुटेका छन् । उनीहरूले उक्त म्यागेजिनलाई डिभोर्सको खबर खण्डन गर्दे माफीसहित समाचार छाप्न भनेका छन् । नमानेको खण्डनमा भने करोडौँ क्षतिपूर्तिको माग गर्दै म्यागजिनबिरुद्ध मुद्दा हाल्ने प्रियंका निकको चेतावनी छ ।
म्यागेजिनले डिभोर्सको खबर छापिरहँदा प्रियंका निक छुट्टीमा रमाइरहेका थिए ।
यसअघि पनि लन्डनको एक म्यागेजिनले निकलाई प्रियंकाले फसाएको र सम्पत्तिको लागि विवाह गरेको भन्दै खबर छापेको थियो । उक्त खबरको चौतर्फी आलोचना भएपछि म्यागेजिनले माफी मागेको थियो ।
















