‘अव धनगढी दौडिन्छ’, तपाई तयार हुनुहुन्छ ?

धनगढी |

हरेक बर्ष झै धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १ गते हाप म्याराथुन हुने भएको छ ।‘अव धनगढी दौडिन्छ’ को बारेमा आयोजकले शनिवार पत्रकार सम्मेलन गरेर छैठौ सस्करण बारे जानकारी दिएको हो।

२१ दशमलव १ किलोमिटरको दौड अथवा हाफ म्याराथनको छैठौँ संस्करण नेपाल तथा भारतका गरी १५ सय जनाको सहभागी हुने धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीले बताए ।दुई वटा विधामा आयोजना हुन लागेको म्याराथुन प्रतियोगिताका संयोजक लोकबहादुर भट्टले जानकारी दिए । उनले प्रतियोगिताका लागि विभिन्न छ वटा उपसमिति गठन भइसकेको जानकारी दिए ।

आयोजकका अनुसार खुला हाप म्याराथुनमा प्रथमलाई ५५ हजार५ सय ५५, द्वितियलाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिनेछ ।यसैगरी,कर्पोरेट र सञ्चार तर्फ प्रथमलाई ५ हजार ५ सय ५५, द्वितियलाई ३ हजार ३ सय ३३ र तृतियलाइ २ हजार २ सय २२ प्रदान गरिने जनाएको छ ।

धनगढीको रंगशालादेखि शुरु हुने हाप म्याराथुन गेटा पुगेर पुनः क्षेत्रीय रंगशाला २१ किलोमिटरमा पुगेर समापन हुने आयोजकले जनाएको छ । धनगढी जेसीजले सन् २०१४ देखि हरेक नेपाली नयाँ वर्षको अवसरमा म्याराथनको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार