लिस्बन, पोर्तुगल।

पोर्तुगलको राजधानी लिस्बनको अल्कान्त्रामा हिजो बेलुका करिब ७ बजेतिर एक नेपली युवकको ज्यान गएको छ। अन्दाजी २४ बर्षका एक युवक बाटैमा ढलेपछि कसैले इमर्जेन्सी सेवालाई खबर गरेपछि तुरुन्तै घटनास्थलमा आइपुगेको चिकित्सकको टोलीले मृत घोषणा गर्दै शवलाई सेतो कपडाले छोपेर बाटामै छोडियो, किनभने मृत शरीरलाई एम्बुलेन्सले बोक्दैन।
त्यसपछि प्रहरीले घटनास्थल सिल गरेको थियो। हिजो रातको २३:५५ बजे मात्रै प्रहरीको सहयोगमा फ़्युनरल सर्भिसेजले शव उठाएको थियो।

मृत्यु भएका नेपाली युवा मोना समाज पोर्तुगलले हिजो आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता हेर्न आएका र उनले नेपाल जाने तयारीमा रहेको बुझिएको छ। घटना भएको घन्टौसम्म पनि नेपाली समुदाय अनभिज्ञ रहेको थियो।
घटनाको बिस्तृत जानकारी प्रहरीले सोमबार नेपाली समुदायसँग सम्पर्क गरी दिने बताएको छ ।
















