बिहिबार कर्मचारी हड्ताल, लिस्बनमा फोहोर संकलन नहुने

लिस्बन, पोर्तुगल।

यहि बिहिबार लिस्बनमा फोहोर संकलन नहुने भएको छ। कर्मचारीहरुको काम हडतालको कारण ११ अप्रिल बिहिबार फोहोर संकलन नहुने लिस्बन महानगरपालिकाले जनाएको छ।

एक सूचना जारी गर्दै नगरपालिकाले सहरी क्षेत्रमा बसोबास गर्नेहरुलाई आफ्नो घरको फोहोर रामरी व्यस्थापन गर्न र फोहोर घरको बाहिर नराख्न अनुरोध गरेको छ।

लिस्बन नगरपालिकाले आगाडी भनेको छ , ” नगर सफा राख्न र फोहोर सकेसम्म चाडो संकलन गर्न नगपालिका कुनै कसुर बाँकी राख्ने छैन, र असुविधाको लागि नगरपालिका क्षमाप्रार्थी छ। ”

Photo: Manuel Levita

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार