काठमाडौं ।

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । वैशाख २० गते रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर महासन्चार नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सुदन केसीले निर्देशन गरेको चलचित्रमा पश्चिमा संस्कृतिलाई नेपालमा अनुकरण गरेर विकृति फैल्याउने र अधिक नेपाली पश्चिमा मुलुकमा जाने कुप्रवृतिको भण्डार फण्डारफोर गर्ने खालका विषयबस्तु समावेश गरिएको छ ।
चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् भने हरिवंश आचार्यले कथाको सृजना गरेका हुन्। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिबंस आचार्य, आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेलको मुख्य अभिनय देख्न सकिनेछ ।
















