लिस्बन, पोर्तुगल।
नेपाली नयाँ बर्षको अवसर पारेर गत बर्षदेखि मनाउन थालिएको पोर्तुगलको नेपाली मेलाको प्रचार यसपटक लिस्बन नगरपालिकाले पनि व्यापक रुपमा गरेको छ।
प्रचारप्रसारको क्रममा लिस्बन नगरपालिकाले नेपाली मेलाको जानकारी आफ्नो अफिसियल वेवपेज, सामाजिक संजाल फेसबुक पेजमा गरेको छ।
लिस्बनमा प्रचारप्रसारको सबैभन्दा महँगो मानिएको लेड डिजिटल डिस्प्लेमा समेत राजधानीको १८ भन्दा बढी ठाउँमा निशुल्क भिडियो सहित प्रचार प्रसार गरेको छ। सो डिजिटल डिस्प्ले लिस्बनको प्रमुक पर्यटकीय र व्यापारिक स्थलहरुमा राखिएको छ।


















