– कमल थापा
अल्गार्भ, पोर्तुगल ।

पोर्तुगलको आल्वुफेरामा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकोछ।

एनआरएनए छेत्रिय समन्वय परिषद अल्गार्भको आयोजना रहेको सो कार्यक्रममा प्रदेश नम्बर ३ का सभासद बलराम पौडेल,एनआरएनए पोर्चुगलका केन्द्रिय सदस्य दिपक बहादुर केसी,जुन्ता फर्गेसिया आल्बुफेरा प्रमुख इन्डलेता काब्रिता,कामरा म्युनिसिपल कि क्लाउडिया गेदेल्हा को बिशिष्ठ आथित्यता तथा क्लेम आल्बुफेराका को-अर्डिनेटर पाउलो एन्टोनियो,प्रबासि नेपाली मञ्चका केन्द्रीय उपाध्यक्ष बिष्णु प्रसाई,नारि समाजकि केन्द्रिय उपाध्यक्ष तनुजा प्रसाई,एनआरएनए आरसिसि अल्गार्भ का सल्लाहकार कृष्ण गिरी,नारि समाज अल्गार्भ अध्यक्ष सकुन्तला गिरी लगायतको आथित्यता रहेको थियो।

स्थानिय लिटिल ब्रिटेन रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न सो कार्यक्रममा शुभकामना मन्तब्य राख्नु हुँदै सभासद बलराम पौडेलले विदेशमा रहनुहुने सबै नेपालीको अभिभावक एनआरएनए भएको जिकिर गर्नुभएको थियो।जुन्ता फर्गेसिया प्रमुख इण्लेता काब्रिताले नेपाली समुदायको रहन सहन र संस्कृतिबाट आफु प्रभावित भएको बताइन ।

त्यस्तै कामरा म्युनिसिपल आल्बुफेरा कि भेरियादोरा क्लाउडिया गेदेल्हाले नेपाली समुदायको एकता र सकृयता अन्य समुदाय भन्दा पृथक र सुन्दर लागेको बताइन।

संस्थाका अध्यक्ष अनिल शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपक बहादुर केसीले स्वागत तथा राम चन्द्र श्रेष्ठ (निमेष)ले धन्यबाद ग्यापन गर्नुभएको थियो। कार्यक्रमको संचालन कमल थापाले गरेका थिए।




फोटो : मनोज काजी महर्जन
















