एनआरएनए अल्गार्भ र आल्बुफेरा नगरपालिका टोलिबिच भेटवार्ता , संघको कार्यालय र बौद्ध स्तुपा निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता

अल्गार्भ, पोर्तुगल।

एनआरएनए अल्गार्भको नयाँ कार्यसमिति र कामरा म्युनिसिपल आल्बुफेराकाबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

हिजो सम्पन्न सो कार्यक्रममा अल्गार्भका स्थानिय सरकारी निकायहरूले नेपाली समुदाय प्रति गरेको सहयोग, सदभाव र सहकार्यका लागि धन्यबाद आभार प्रकट गर्नुका साथै आगामी दिनमा दुवैबिच अझ मजबुत सहयोगको अपेक्षा राखेको एनआरएनए अल्गार्भले बताएको छ ।

म्युनिसिपल अध्यक्ष जोजे कार्लोसले नेपाली समुदायको कामप्रतिको लगाव तथा अनुशासनको प्रंशंसा गर्दै नेपाली समुदायसंग सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् ।

छलफल कार्यक्रममा एनआरएनए अल्गार्भको तर्फबाट संस्थाका अध्यक्ष अनिल शर्माले एनआरएनए अल्गार्भका लागि सम्पर्क कार्यालय तथा बुद्ध स्तुपा निर्माण गर्ने योजनामा म्युनिसिपलका अध्यक्ष समक्ष प्रस्ताव प्रस्तुत गरेका थिए।

म्युनिसिपल अध्यक्ष जोजे कार्लोसले एनआरएनए अल्गार्भको उक्त प्रस्तावमा आफू सकारात्मक रहेकोले र कार्यान्वयन लागि यथाशिघ्र प्रक्रिया अगाढी बढाउने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार