बलिउड फिल्म ‘कलंक’ राेक्दा बोर्ड अध्यक्षलाई तालीसंगै गाली

काठमाडौँ ।

नेपाली फिल्म हलहरुमा अहिले नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ चलिरहेको छ उक्त फिल्महरुले राम्रो कमाइ गरिरहेको खबर आएको छ । यसैक्रममा आजदेखि भारतीय फिल्म ‘कलंक’ प्रदर्शनमा ल्याउन लागेको हो । तर उक्त फिल्मलाई विकास बोर्डले बुधबार रिलिजमा आउन नदिने निर्णय गरेको छ ।

बोर्डको निर्णयपछि बलिउड फिल्म ‘कलंक’ अब नेपालमा शुक्रबारबाट प्रदर्शनमा आउने भएको हाे । विकास बोर्डलाई निर्माता संघले शुक्रबार बाहेक अरु दिन विदेशी फिल्म प्रर्दशन हुने हुँदा नेपाली फिल्म मार्कमा परेको भन्दै निमार्ता टोलीले पत्र काटेको थियो । उक्त पत्र पश्चात बोर्डका अध्यक्ष केशव भट्टराईले बलिउड फिल्मलाई सारिएकाे हाे । प्रदर्शन यसरी बलिउड फिल्मलाई रोक्दा अध्यक्ष केशव भट्टराई बधाईको पात्र पनि बन्न सफल भएका छन् ।

निर्माता तथा निर्देशक दिनेश डिसिले सामाजिक संजाल फेसबुक मार्फत संघ र वोर्डले गरेको निर्णलाई स्वागत गरेका छन् । त्यस्तै निर्माता सरोज न्यौपानेले पनि विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई प्रथामिकता दिनु पर्ने जनाएका छन् । उनले विदेशी फिल्मलाई एक अथवा दुई हप्तपछि नेपालमा लाग्न दिने नियम बनाउनु पर्ने सामाजिक संजाल फेसबुकमा भनिएको छ ।

विकास बोर्डको निर्णय विरुद्ध निर्माता तथा क्युज सिनमाजका भाष्कर ढुंगाना रहेका छन् । उनले बोर्डले गरेको निर्णयमा असन्तुस्टि जनाएका हाे । त्यस्तै गरी संघका अध्यक्ष प्रदीप कुमार उदय पनि दुखी भएका छन् । उक्त निर्णयले काेहीबाट ताली पाएका छन् भने काेहीबाट गाली ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार