फिल्म ‘यात्रा’को ” फ्लाइङ्ग फ्लाइङ्ग” बोलको गीत सार्वजनिक भएकाृ छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका मेलिना राईको स्वर रहेको छ भने प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । फिल्म युनिटले फिल्म रिलिज भएको केहि दिन पछि फिल्मको उक्त गीत सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरेका हुन् । सलिनमान बनिया र मल्लिका महत रोमान्टिक अवतारमा फिर्चड उक्त गीतको भिडियोमा प्रविन सिहको कोरियोग्राफी , सम्राट शाक्यको निर्देशन तथा बनिस शाहको संपादन रहेको छ।
फिल्म यात्रामा सलिनमान बनिया , मल्लिका महत, सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा, चाइनाका कलाकारहरु जुन झाङ र केन्याका बबीका लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभ स्टोरी जर्नी भनिएको यस फिल्ममा सम्राट शाक्यको कथा तथा निर्देशन रहेको छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , संजय लामाको छायांकन, आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माताको भूमिकामा रहेका छन् । फिल्म चैत्र २९ गतेबाट देशव्यापी रिलिज भएको थियो ।
















