लिस्बन, पोर्तुगल।

नेपाली ट्रेल म्याराथुन धावक आइत तामाङ् पोर्तुगलको अल्मोरल ट्रेल म्याराथुनमा प्रथम भएका छन्। यो उनले दुई हप्ताको अन्तरमा जितेको दोश्रो ट्रेल म्याराथुन दौड हो।
४० किलोमिटर लामो अल्मोरल ट्रेल म्याराथुन दौड तामाङ्ले ३ घण्टा ८ मिनेट ४६ सेकेण्डमा पुरा गरेका थिए। उनका प्रतिद्वन्दी आन्तोनिया अलमेदा १० सेकेण्ड बढी समय लिएर ३ घण्टा ८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी दोश्रो भएका थिए भने थप २ मिनेट समय लिएर मिगेल अर्सिनियोले ३ घण्टा १० मिनेट ५६ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो भएका थिए।
तामाङ्ले २ हप्ता अगाडी मात्रै भएको कोर्क ट्रेलमा म्याराथुनमा प्रथम स्थान हासिल गरेका थिए।
भिक्टोरिया फुटबल क्लबबाट खेल्दै आईरहेका तामाङ् पोर्तुगलमा ट्रेल म्याराथुनका चम्किला खेलाडी हुन्। ट्रेल धावक तामाङ् बिगत दुई बर्षदेखी पोर्तुगलमा बस्दै आईरहेका छन्।
https://www.facebook.com/vitoriafctrailrunning/videos/1231805256996294/
यो पनि पढ्नुहोस् !
















