१६५ यात्रु बोकेको बॊइङ्को इन्जिन फेल भएपछि पोर्तोमा आकस्मिक अवतरण

पोर्तो, पोर्तुगल।

१६५ यात्रु बोकेको बॊइङ् विमानको इन्जिन फेल भएपछि पोर्तुगलको पोर्तो एयरपोर्टमा आकस्मिक अवतरण गरिएको छ।

बोइङ् ५७६७ बिमानमा आकस्मिक गडबडी भएर इन्जिन फेल भएपछि १६५ यात्रु बोकेको विमानका पाइलटले पोर्तो एयरपोर्टमा जानकारी दिएका थिए। इन्जिन फेल भएको बिमान सुरक्षित तवरले अवतरण गर्न सफल भएको जानकारी पोर्तो एयरपोर्टले जानकारी दिएको छ।

विमानको इन्जिन फेल भएको र आकस्मिक अवतरण गर्नुपर्ने जानकारी पाउनासाथ बिमानस्थलमा बारुण र इमर्जेन्सी सेवाका ३१ युनिटहरुलाई तैनाथ गरिएको थियो।

घटना शनिवार बिहान ८:४५ बजेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार