अफगानिस्तानमाथि इंग्ल्याण्डको रोमाञ्चक जित, १ विकेट मात्र गुमाएर पुरा गर्‍याे १६१ रनको लक्ष्य

एजेन्सी ।

during the ICC World Twenty20 India 2016 Group 1 match between England and Afghanistan at Feroz Shah Kotla Ground on March 23, 2016 in Delhi, India.

आईसीसी विश्वकप क्रिकेटको अन्तर्गतका अभ्यास खेल भइरहेका छन् । ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेट अघि प्रतियोगितामा सहभागी सबै टिमले २ वटा अभ्यास खेल खेल्ने छन् । यसैबीच सोमबार भएको अभ्यास खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी भएको छ । अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा १ विकेट मात्रै गुमाएर पूरा गरेको हो ।

पहिलो अभ्यास खेलमा अस्ट्रेलियासँग १२ रनले पराजित भएको इंग्ल्याण्ड अफगानिस्तानविरुद्ध भने ९ विकेटको जित निकाल्न सफल भएको हो । इंग्ल्याण्डको जितमा जोसन रोयले नट आउट ८९ रन बनाउँदा जोनी बेरस्टोले ३९ रन र यसैगरी जोय रुटले अविजित २९ रन बनाए । इंग्ल्याण्डका लागि जोफ्रा आर्चर र जोय रुटले तीन तीक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । १६० रनका लागि मोहम्मद नावीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै नुर अलि जर्दानले ३० र दलत जर्दान २० रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार