लिस्बन |

गिनिका एक उच्च अधिकारीका पुत्र पोर्तुगलको राजधानी लिस्बनमा अपराहरणमा परेका छन्। अपहरण र ज्यान मार्ने आरोपमा पोर्तुगलको न्यायिक प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको छ।
अपहरणकारीहरुले पिडितलाई अपहरण गरी ३ दिनसम्म नजरबन्दमा राखेको, यातना दिएको र ज्यान मार्ने धम्कि दिएका थिए। घटना जनवरी अन्तिम सातातिरको हो । अपहरणमा परेका गिनिका एक उच्च अधिकारीका पुत्र लिस्बनमा ब्यापार गर्दै आईरहेका थिए।
अपहरणबाट मुक्त गर्न पीडितका परिवारले अपहरणकारीहरुलाई ५ हजार युरो फिरौती बुझाएका थिए। अपहरणमा परेका व्यक्ति गिनिका अध्यागमन विभागका राष्ट्रिय डिरेक्टरका छोरा थिए।
जनवरीमा घटना भएसंगै पोर्तुगलका सुरक्षा अधिकारीहरुले उक्त घटनाको सुक्ष्म अध्ययन गरिरहेको र हाल घटनामा संलग्नहरुलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ। पक्राउ परेका सबै व्यक्तिहरु अहिले हिरासतमा रहेको र छिट्टै अदालतमा उपस्थित गराईने बुझिएको छ। – RTP
















