सेफले कार्यालय सेवा समय बढाउने, आप्रवासीहरुको सेवा सुचारु र तिब्र हुने बिश्वास

– सम्झना अधिकारी
लिस्बन, पोर्चुगल।

पोर्चुगलको अध्यागमन बिभाग (सेफ) मा कार्यालय समयमा हेरफेर गर्दै बढाईने भएको छ। आप्रवासीहरुको चाप बढेसंगै कामकाजमा व्यस्तता हुनथालेपछि अर्को हप्ताबाट कार्यालय समय बढाईने पोर्चुगलको आन्तरिक मन्त्रालयले जनाएको छ।

सन् २०१६ यता पोर्चुगलमा आप्रवासीहरुको चाप अत्याधिक बढेपछि सेफले आप्रवासीहरुको सेवा थेग्न नसक्ने अवस्थामा पुगेको छ। सेवालाई सुचारु र व्यवस्थित गर्न अर्को साताबाट बिहान ८:३० बजेदेखि बेलुकी ८:०० बजेसम्म सेफका सम्पूर्ण सेवाहरु सुचारु गर्ने सेफ आफ्नो ४३औ बार्षिकोत्सवमा आयोजित कार्यक्रममा जनाएको हो ।

१९७६ मा सेफको स्थापना भएपश्चात् गतबर्ष सबैभन्दा बढी ४ लाख ८० हजार ३०० ले सेफमा आप्रवासका लागि निबेदन दिएको सेफले जनाएको छ।

सेफको कार्यालय सेवा समय बढेसंगै आप्रवासीहरुको सेवा सुचारु हुने बिश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार