मोन्तेगोर्दो नेपाली समाजद्वारा रक्तदान

अल्गार्भ, पोर्चुगल।

मोन्तेगोर्दो नेपाली समाजले रक्तदान गरेको छ। समाजका तर्फबाट १२ जना रक्तदानमा सहभागी भएका थिए।

धेरै नेपालीहरु रक्तदान गर्न इच्छुक भएतापनि पहिलोपटक रक्तदान गर्न गएकाहरुले रक्तदान गर्न पाएनन्। नेपाल स्वास्थ्यका दृष्टिले उच्च जोखिम मुलुकहरुमा पर्ने भएकोले उनीहरुको रगतको नमुना परिक्षणका लागि लागिएको छ, रगत शुद्द भएको प्रमाणित भएपछि रक्तदानको लागि ” क्लिन ब्लड सर्टिफिकेट ” दिईने र त्यसपछि मात्रै रक्तदान गर्न पाईने जानकारी दिईएको छ।

रक्तदान कार्यक्रममा मोन्तेगोर्दो नेपाली समाज, Grupo Motard’s Os Piratas र Castro Marim को सहभागिता रहेको थियो। Serviço Imuno-hemoterapia, Centro Hospitalar Universitário do Algarve Faro को सहयोगमा Pavilhão Desportivo de Castro Marim जुन २९ मा रक्तदान सम्पन्न भएको थियो।रक्तदान जस्तो महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सबैमा मोन्तेगोर्दो नेपाली समाजले धन्यवाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार