मानव तस्करीको आरोपमा २ जना कृषि मालिक सहित ४ जना पक्राउ

– सुरेश जोशी, पोर्चुगल।

मानव तस्करीको आरोपमा सेफले ४ जना पक्राउ गरको छ। तेस्रो मुलुकका नागरीकहरुलाई पूर्वी युरोपको बाटो हुदै अबैध तरिकाले युरोपमा छिर्न मद्धत गर्ने उनीहरुलाई सेफले टोरेस भेद्रस र कोइम्ब्राबाट पक्राउ गरिएको हो।

पक्राउ परेका चारैजनालाई मानब तस्करी, मानबको अबैध ओसारपोसार , श्रम शोषण र अपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लगाईएको छ।

लिस्बनको टोरेस भेद्रासबाट पक्राउ परेका दुइजनालाई पूर्वी युरोपबाट पोर्चुगलसम्म आउन यातायातमा सहयोग गरेको, आवासमा सहयोग गरेको र यसरी अबैध तरिकाले पोर्चुगल छिरेकाहरुलाई खेतीमा काममा लगाउन सहयोग गरेको आरोप छ।

त्यस्तै कोइम्ब्रामा पक्राउ परेका २ जना कृषि मालिक रहेको र अबैध तरिकाले मानब तस्करी गरी पोर्चुगल पुर्याईएका आप्रवासीलाई काममा लगाएको श्रम शोषण गरेको आरोप सेफले लगाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार