लिस्बन, पोर्चुगल।

लिस्बनमा यात्रुवाहक बस दुर्घटना हुन ५ जना घाइते भएका छन्। बस राजधानी लिस्बनको रुवा दा प्रातामा मालबाहक गाडीसंग ठोक्किदा अगाडिको भाग पुरै क्षति भएको छ।
आज शुक्रवारको बिहानै करीब सात बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएका छन्। घटनाका घाइतेहरुको सेन्ट जोसेफ अस्पतालमा उपचार भईरहेको छ।
















