
लिस्बन, पोर्चुगल।
दुई बर्ष अगाडी फेसबुकमा भिडियो शेयर गर्दै लेखिएको स्ट्याटसले एक नेपाली पोर्तुगिज कानुनको फन्दामा परेका छन्। फेसबुकमै अरुले पोष्ट गरेको भिडियो शेयर गरेकाले उनलाई प्रहरीले स्पष्टीकारण लिएको छ।
प्रहरीले ति नेपालीसंग स्पष्टीकारण लिनुको साथै उनले प्रयोग गर्ने मोबाइल समेत सिल गरेको छ। ति नेपालीले अहिले अदालतबाट बयान दिनका लागि पत्र प्राप्त गरेको खबर छ। करीब ४ महिनापछि अदालतमा बयानका लागि बोलाईएक ति नेपाली दोषी ठहर भएमा साइबर कानुन अनुसार २ बर्ष जेल र ५ हजार युरोसम्म जरिवाना हुनसक्ने बताईएको छ।
प्रहरीका अनुसार उनले शेयर गरेको भिडियो पोर्चुगलको कानुन अनुसार गैर कानुनी वा साइबर अपराधभित्र पर्ने बताईएको छ। उनले शेयर गरेको भिडियो र दिईएको अभिव्यक्तिले सामाजिक सद्भाव खलल पार्ने र हिँसा बढावा गर्ने प्रहरीको आरोप छ। सामाजिक सन्जाल वा फेसबुकमा शेयर गर्दा वा दिएका अभिव्यक्तिले कही तपाई आफै कानुनको फन्दामा पर्नलाग्नु भएको त छैन ? बेलैमा विचार गर्नुहोस्।

( फोटो सांकेतिक )
















