नायिका साम्राज्ञिको समुन्द्री तटमा प्रेमी संगको तस्वीर बन्याे भाईरल

नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समय नेपाल कि नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा उनले पछाडी फर्कन परेको छैन । तर, बेला बखत सार्वजनिक हुने उनका तस्बिरले भने सामाजिक सञ्जाल तताउने गरेको छ ।

हाल भ्याकेसनका लागि इण्डोनेसियामा रहेकी नायिका शाहका केही तस्बिर सार्वजनिक भएका छन् जो बिलकुलै होस् उँडाइदिने खालका छन् । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

तस्बीरमा देखिएका उनका प्रमी भने देवाङ्कस राणा हुन् । यसअघि साम्राज्ञी मयंक खड्कासँग प्रेममा थिए । तर उनको मयंकसँग ब्रेकअप भइसकेको छ । केही समय यता साम्राज्ञी प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । देवाङ्कस उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । उनीहरु आगामी भाद्रमा महिनामा रिलिजमा आउने फिल्म ‘मारुनी’काे छायांकन सकेपछिको ‘फ्रि’ समयकाे सदुपयोग गर्न इन्डोनेशियाको बाली पुगेका छन् । सोही क्रममा उनीहरुले बालीको एक समुन्द्री किनारमा खिचेको तस्बीर सार्वजनिक गरेका थिए ।

केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हाल उनको त्यस्तै तस्बिर पुन सार्वजनिक भएको छ । एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जाने हो भने साम्राज्ञीलाई दर्शकले कुन नजरले हेर्लान् ? तस्बिर : सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार