
लिस्बन, पोर्चुगल।

पोर्चुगलमा नेपालीहरुको पहिलो म्युजिक ब्याण्ड “ मदानी म्यूजिक ब्याण्ड ” को स्थापना भएको छ। रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका नेपाली संगीत र कलाकारिता क्षेत्रमा लागिपरेका युवा कलाकारहरुको समुहले “ मदानी म्यूजिक ब्याण्ड ”को स्थापना गरेको हो।
पोर्चुगलमा स्थापना भएको सो म्युजिक ब्याण्डले नै राजधानी लिस्बनमा “अरुण थापा स्मृति साँझ—२०१९” को आज आयोजना गर्दैछ। आज सम्पन हुने सो “अरुण थापा स्मृति साँझ—२०१९” मा नै “ मदानी म्यूजिक ब्याण्ड ” को घोषणा र यसका सदस्यहरुको नाम सार्वजनिक गरिने संयोजक तेज गाहा मगरले जानकारी दिएका छन्।
कार्यक्रम राजधानी लिस्वोनको प्रासा दा स्तेफानिया स्थित रहेको “ ओक मुण्दो रेष्टुरेण्ट”मा आयोजना हुदैछ।

















