
लिस्बन ।
महिला समाज पोर्तुगलले यही अगष्ट १८ तारिखका दिन तीज विशेष कार्यक्रम गर्ने भएको छ।
पोर्चुगलको राजधानी लिस्बनको मार्तिम मुनिज पार्कमा दिनको ३:०० बजे शुरु हुने तीज बिशेष कार्यक्रममा नाचगान सहित सांगीतिक प्रस्तुतीहरु हुने समाजकी अध्यक्ष निर्मला खराल ढकालले जानकारी दिएकी छिन् ।
महिला समाज पोर्तुगलको सो कार्यक्रममा सबै नेपाली समुदायलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

















