हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने

काठमाडौँ।

गैह्र आवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९ -२०२१ को लागि अन्तराष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। भोइस अफ नेपाल टिभीका नेपालस्थित सम्बाददातासँग कुरा गर्दै उहाँले आफ्नो उम्मेदवारी हुने बताएका हुन्।

संघमा सन २००७ देखि आवद्ध थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुन्। दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल केन्द्रिय कोषाध्यक्षको कार्यभार सम्हालेको अनुभव छ। अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गरेका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गरेका छन् ।

कैलाली टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका छन्। समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित छन् ।

दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाएका छन् । संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार