साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं ।

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा अब बंलगलादेशले दोस्रो सेमिफाइनल खेल भारत र माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

यसअघि बंगलादेशले समूह चरणको खेलमा श्रीलंकालाई ३–० हराउँदै र भारतसँग गोल रहित बराबरी खेल्दै समूह बी को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । यस्तै भुटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइन भारत समूह ‘बी’ को विजेता र माल्दिभ्स समूह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । फाइनल खेल आइतबार हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार