लण्डन ।

नेपाली चेली अस्मिता आले मगर इंग्ल्यान्डको यू–१९ राष्ट्रिय फुटबल टिममा छनोट भएकी छन् ।इंग्ल्यान्डको क्लब एस्टन भिल्लाबाट व्यवसायिक खेल खेल्दै आएकी डिफेन्डर अस्मिता छनोटमा परेसँगै उनी साइप्रस, बेलारुस र सर्वियासँगको खेलमा सहभागी हुनेछिन् ।
पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीया अस्मिताले इंग्ल्यान्डको यू–१६ टोलीबाट समेत खेल खेलेको अनुभव छ ।
















