अर्जेन्टिनाको उत्कृष्ट कमब्याक, जर्मनीसँग बराबरीमा राेकियाे

एजेन्सी:

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिएका छन् ।
बुधबार राति जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले २-० गाेल अन्तरकाे अवस्था उल्ट्याउँदा बराबरीमा रोकिएको हो । जर्मनीको पहिलो हाफको २-० को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा उल्टाएर २-२ को बराबरीमा रोक्न सफल भयो ।
खेल सुरु भएको १५ औँ मिनेटमै जर्मनीले अग्रता लिएको थियो । सेर्गे ज्नाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि नै जर्मनीले अग्रता दोब्बर बनायो । उक्त गोल काई हार्भट्जले गरेका थिए ।

पहिलो हाफको २ गोल गरेको जर्मनीले दोस्रो हाफमा कुनै गोल गर्न सकेन । यता अर्जेन्टिनाले दोस्रो हाफमा अर्जेन्टिनाले घरेलु टोलीविरुद्ध शानदार कमब्याक समेत गर्न सफल भयो ।
खेलको ६६औं मिनेटमा लुका अलारियोले शानदार हेडिङ गोल गरेर गोलअन्तर २-१ मा झारे । त्यसपछि ८५औं मिनेटसमा लुका ओकाम्पोसले गोल गरेपछि अर्जेन्टिनाको कमब्याक सफल भयो ।त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल २-२ मा टुंगियो ।
सन् २०१४ ब्राजिलमा भएको फिफा विश्वकप फुटबलमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा १–० ले हराएर उपाधि जितेको थियो । त्यसपछि सोही वर्ष भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४ २ गोल अन्तरले पराजित गरेको थियो । ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार