एनआरएनए नेता गैरेलाई पत्रकार महासंघ युरोपले चेतावनी दिदै भन्यो – ‘पत्रकारलाई धम्क्याउन बन्द गर’

ब्रसेल्स, बेल्जियम।

पोर्चुगलको सडकमा सुत्ने नेपालीहरुको समाचारको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको खरो प्रतिकारमा उत्रिएका छन् छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ – “नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्चुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई सुचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ ।”

गिरीले पोर्चुगलको नेपाली समाजबारे समाचार सम्प्रेषण गर्दा एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेले पत्रकारमाथि अनावश्यक दवाव सृजना गर्ने उद्देश्यले वक्तब्य जारी गरेको भन्दै पत्रकार महासंघ युरोप शाखाले कडा शब्दमा निन्दा गरेको छ । गैरेले रासस जस्तो देशकै गरिमामय सरकारी समाचार एजेन्सीले प्रेषित गरेको समाचार कपोलकल्पित मात्रै नभई झुटा भएको आरोप लगाएका छन्।

बिज्ञप्तीमा भनिएको छ – ” नेपालबाट दलालमार्फत ल्याइएका नेपालीहरु विभिन्न कारणले घरबास विहिन हुँदा समेत उनीहरुको उद्दारमा त्यहाँका कथित समाजसेवी तथा एनआरएनए त्यता केन्द्रीत हुनुको साटो समाज सेवाको आडमा गरिने मानव तस्करी र पीडित नेपालीको उद्दारको आशयसहित सडकमा जीवन विताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथि आक्रमक हुनुले झनै शंका उब्जाएको छ ।”

” मानव तस्करी र दलालहरुको मनोवल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा व्यक्तिको शंकास्पद संलग्नतालाई ईगित गर्नेतर्फ समेत सचेत हुन सबैलाई अनुरोध गर्दछौं ।” अध्यक्ष राईले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

गैरे तिनै व्यक्ति हुन्, जसले सामाजिक संजाल फेसबुकमा कांग्रेसका नेता बिरामी भएर अस्पताल भर्ना हुँदा ” शिघ्रलाभको कामना ” दिनुको सट्टा समबेदना व्यक्त गरेका थिए। “सिधाकुरा जनतासंग” कार्यक्रममा प्रशारित अपराधको एक समाचारमा यिनै गैरेले महिलामाथि यौन हिँसा र यातना दिने ब्यक्तिसँग लाइभ भिडियो कुराकानी गर्दै निर्दोष भएको उल्लेख गरेका थिए। सामाजिक संजालमा बारम्बार विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आईरहने गैरे सधै आफ्नो अकाउन्ट ह्याक भएको सुचना दिदै उम्किने गरेका छन्।

नेपाली कांग्रेस निकट गैरे धाधली गरी बुथ नै क्याप्चर गरेर एकछापे मत खसालेर अध्यक्ष पदमा कुम्ल्याएको आरोप लाग्दै आएको छ, एउटै ब्यालेट बक्समा एकछापे मत लोकतन्त्रको मूल्य र मान्यताको खिलाफ हुन्छ। राजनैतिक शक्ति, पैसा र पावरको भरमा संघमा दादागिरी र रवैया जमाउदै आएका गैरेले संघको कार्यसमितिसंग सल्लाह नै नगरी एकलौटी बिज्ञप्ती निकालेकोले कार्यसमितीकै पदाधिकारीहरु अचम्मित भएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेषित बिज्ञप्तिको पूर्णपाठ :

प्रेस विज्ञप्ती ।

मिति : २८ नोभेम्बर २०१९ पत्रकारितामाथि संसारभरी विभिन्न किसिमबाट आक्रमण गरिन्छ । त्यसमा सबैभन्दा हिंसक आक्रमण भौतिक आक्रमण हो । त्यसपछि गरिने अर्को आक्रमण मानसिक आक्रमण हो ।रगत नआउदा पनि पत्रकारमाथि गरिने मानसिक आक्रमणलाई पनि संसारभरी चुनौतिपूर्ण आक्रमण मानिएको छ । नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्तुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार ) समितिको प्रतिनिधि भई सुचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ । उहाँले पोर्तुगलको नेपाली समाजबारे समाचार सम्प्रेषण गर्दा उहाँ माथि गैरआवाशीय नेपाली समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे समेतले पत्रकार माथि अनाबस्यक दवाब सृजना गर्ने उद्देश्यले एक बक्तब्य जारी गरेका छन् । जसको संसार भरिका पत्रकारहरुले भण्डाफोर गरिरहेका छन् ।

पोर्तुगल अहिले मानब तस्करहरुको हनी हंटिङ प्लेस भएको भन्दै विभिन्न कालखण्डमा समाचारहरु प्रकाशित भैरहेको सबैलाई बिदितै छ । नेपालबाट दलालहरुमार्फत नेपालीहरु विभिन्न कारणले घरबास बिहिन हुँदा समेत उनीहरुको उद्धारमा त्यहाँका कथित समाजसेवी तथा एनआरएनए त्यता केन्द्रित हनुको साटो , समाज सेवाको आडमा गरिने मानब तस्करी र पिडित नेपालीको उद्धारको आशय सहित सडकमा जिबन बिताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथी आक्रमक हुनुले झनै शंका उब्जाएको छ ।

समाज सुधारको आसयले बिना पूर्वाग्रह लेखिएका कुनै पनि समाचारबारे समेत पोर्तुगलका केहि शसंकास्पद ब्याक्तिहरु आक्रामक बन्नु उनीहरुकै लागि घातक हुनेछ । पत्रकार महासंघ युरोप शाखा , उहाँ पत्रकार गिरी माथि भएको यसप्रकारका आक्रमणको निन्दा गर्दछ । उहाँ माथि हुने कुनै पनि प्रकारको धम्कि , आक्रमण र दुरत्साहस को महासंघले प्रतिकार गरिरहने संकल्प गर्दै सम्बन्धित संस्था वा अभियन्ता हौं भन्नेहरु खबरदार ! पत्रकारलाई धम्काउने काम बन्द गर । यदि सुचनाकर्मिलाई आक्रमण गर्ने नै हो भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धित स्वयं हुनु पर्नेछ ।

संसारभरी रहेका पत्रकार , सुचनाकर्मी , तथा संघ संस्थालाई यसरी पत्रकारहरु बिरुद्ध भईपरी आउने आक्रमणको ढटेर प्रतिकार गर्न हार्दिक अपिल गर्दै पिडितको पक्षमा एकबद्धताका साथ आवाज बुलन्द गर्न पत्रकार महासंघ युरोप शाखा यसै बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछ ।

मानब तस्करी र दलालहरुको मनोबल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा ब्याक्तिको शंकास्पद संलग्नतालाई इंगित गर्ने तर्फ समेत सचेत हुन सबैलाई अनुरोध गर्दछौ ।

केजिन राई
अध्यक्ष

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार