नेपाली चेली शर्भानी श्रेष्ठले अमेरिकामा जितिन् ४ पदक

काठमाडौँ।

नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई अमेरिकामा ४ वटा पदक प्राप्त भएको छ । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा चार वटा पदक जित्न सफल भएकी छिन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनि टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् ।

सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल ) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार