अष्ट्रेलियामा नेपालीले नै नेपालीलाई यसरी ठग्छन् !

सिड्नी ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् । तर, अध्यायन गर्न आएका विद्यार्थीहरु घरबेटीबाट शोषित बनेको एक रिपोर्ट प्रकाशित भएको छ । घर भाडाको बारेमा फितलो अनुगमन हुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरु निरन्तर रुपमा ठगीमा परेको अध्यायनले देखाएको हो ।

न्यु साउथ वेल्स विश्वविद्यालय र सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले अष्ट्रेलियामा बसोबास गरिरहेका करिब २४ सय विद्यार्थीहरुमाझ अनुसन्धान गर्दा घरबेटीहरुले शोषण गरिरहेको तथ्य बाहिर आएको हो । घरपेटीहरुले परीक्षाको समयमा घर भाडा बढाउने, हुँदै नभएको आवासका लागि भाडा मागेर झुक्याउने, घरमा बस्दा पनि डरै डरको बिच बस्नुपर्ने, अन्यायपूर्ण गरिकाले घरपेटी निकाल्ने गरेको अनुभव ती विद्यार्थीहरुले गरेको रिपोर्टमा उल्लेख छ ।

यसको प्रमुख कारण बजारमा हुनुपर्ने अनुगमन फितलो रुपमा हुनु रहेको देखाइएको छ ।

विद्यार्थीहरुले समस्या समाधानको लागि ठग्ने घरबेटीहरू माथि कडाइ गरिनुपर्ने आह्वान गरेका छन् । साथै घरबेटीहरूलाई जबाफदेही बनाउन अझ बढी सरकारी अनुसन्धान र कार्यान्वयनको आवश्यकता रहेको अनुसन्धानमा उल्लेख छ ।

अष्ट्रेलियाको मुख्य शहरहरुमा घर भाडा निरन्तर रुपमा बढ्दै जाँदा कमजोर आर्थिक हैसियत भएकाहरु पीडित बन्न थालेका छन् । केही वर्ष अघि सस्तोमा भाडामा पाइने घर अहिले दोब्बर भन्दा पनि महँगो हुन थालेको छ ।

पछिल्लो तथ्यांक अनुसार तास्मनियाको राजधानी होबार्टमा घर भाडामा चर्को वृद्धि भएको छ । उक्त राज्यमा पहिले २८० डलर देखि ३०० डलर सम्ममा पाउने तीन कोठे घरको भाडा अहिले ४५० डलर प्रति हप्ता भन्दा बढी पुगेको छ ।

त्यस्तै, एडिलेड घर भाडा महँगो भएको सूचीको दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा सिड्नी परेको छ । घर भाडा बढ्नुको मुख्य कारण भाडामा दिने घर तथा अपार्टमेन्टहरुको संख्या नबढ्नु रहेको छ । बढ्दो जनघनत्व तर, नयाँ पथ भवनहरु निर्माण हुँदा भाडा महँगो हुन गएको हो ।

यसरी ह्वात्तै भाडा भढ्दा कमजोर आर्थिक अवस्था भएकाहरुको टाउको दुख्न थालेको छ । यसबाट सरकारी भत्तामा बस्दै आएका तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि पीडित बन्न थालेका छन् । भाडाकै कारण एउटै घरमा धेरै मानिसहरु बस्न बाध्य हुन थालेका छन् ।

अष्ट्रेलिया हालसालै गएका नेपाली विद्यार्थीलाईहरुलाई नेपालीले नै ठग्न थालेको समाचार बाहिर आउन थालेको छ । केही हप्ता अगाडिमात्रै अष्ट्रेलिया पुगेका एक नेपालीले ४ वेड रुम घरको एउटा कोठाको भाडा २ सय १५ डलर मागेपछि उनी आश्चर्य चकित परेका थिए ।

अष्ट्रेलियामा नेपाली भाडावालाले आवश्यकता भन्दा निकै बढी भाडा भनेपछि उनी दुखित भएका थिए ।

अष्ट्रेलियामा नेपालीले नेपालीलाई मदत गरेको धेरै सुनेको थिए आज ठग्नेहरु पनि देखेको उनले बताए ।

नेपाली भाडावालाले एउटामा आफु बसेर अन्य दई प्रतिकोठा २३० देखि २५० डलरसम्म भाडामा लगाउने गरेको पाईएको छ ।

केही नेपालीहरुले भने नेपालीहरुले आफ्नै समुदायप्रति देखाएको व्यवहार अव्यवहारिक भएको बताएका छन् । उनीहरुले यसबारे चिन्ता व्यक्त गरेका छन् भने यसबारे अभियान नै चलाउनु पर्ने तयारीमा आफुहरु रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार