पोर्तुगलमा स्थापना भयो ” लुम्बिनी स्पोर्ट्स फुटबल क्लब”

पोर्तुगल ।

पोर्चुगलको राजधानी लिस्बनमा नेपालीहरुको नयाँ फुटबल क्लबको स्थापना भएको छ।

राजधानी लिस्बनमा ” लुम्बिनी स्पोर्ट्स फुटबल क्लब” को स्थापना भएको हो। यसघि नै पोर्चुगलमा नेपाली समुदायमा एक दर्जनभन्दा बढी फुटबल क्लबहरु स्थापना भईसकेका छन्।

कमल खड्काको अध्यक्षतामा गठित फुटबल क्लबमा २२ सदस्य रहेका छन्। ” परदेशमा पनि नेपाली माटोको माया र खेलकुदप्रतिको लगावले फुटबल क्लब स्थापना गर्ने निर्णय गरेका छौं, हाम्रो टोलीमा नेपालका राष्ट्रियस्तरका खेलाडीहरुपनि समावेश छन् ।” अध्यक्ष खडकाको भने।

क्लबको प्रमुख प्रायोजक लक्ष्मी टुर एन्ड ट्राभल्स लिस्बन रहेको छ। ट्राभल्सका संचालक बिक्रमजग कुँवर क्लबका प्रमुख सल्लाहकार समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार