लिस्बन।

लिस्बनको कास्काइसमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई छुरा प्रहार गरेर हत्या गरेका छन्।
४३ बर्षीय संदिग्ध व्यक्तिले ३८ बर्षीय आफ्नी पूर्व प्रेमिकालाई उनकै घरमा गएर हत्या गरेका हुन्। घटना शनिवारको भएता पनि संदिग्ध व्यक्ति सोमबार मात्रै पक्राउ परेका थिए।
संदिग्ध व्यक्ति आफ्नी पूर्व प्रेमिकाको घरको ढोकामा कुरेर मौका छोपेर आक्रमण गरेको प्रहरीले जनाएको छ। मृत्यु भएकी महिलाकी २० बर्षीय छोराले आफ्नी आमालाई बचाउन खोज्दा उनलाई समेत ति व्यक्तिले आक्रमण गरेकोले प्रहरीले बताएको छ।
संदिग्ध व्यक्ति हत्या आरोपमा जेल चलान भएका छन्।
















