पोर्चुगलको राजधानी लिस्बनबाट ३ डिसेम्बरबाट हराएका नेपाली युवा सकुशल भेटिए !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनबाट ३ डिसेम्बरबाट हराएका नेपाली युवा सकुशल भेटिएका छन्।

राजधानी लिस्बनकै मुटु मानिने मार्तिम मुनिजबाट आशिष ढुंगेल नाम भएका नेपाली युवा ३ डिसेम्बरबाट सम्पर्कबिहीन भएका थिए । उनको खोजीमा एनआरएनए पोर्चुगल लागेको थियो र स्थानीय प्रहरीको पनि सहयोग लिईएको थियो।

र यो पनि पढ्नुहोस् !

पोर्चुगलको राजधानी लिस्बनबाटै हराएका नेपाली युवा ३ साता बितिसक्दा पनि फेला परेनन् !

एक महिनादेखि हराईरहेका ढुंगेललाई एनआरएनए पोर्चुगलका आइसीसी सदस्य रविन अधिकारीले आज दिउसो करीब ३ बजेतिर राजधानी लिस्बनको आन्जुस क्षेत्रमा भेट्टाएका हुन्। सामाजिक अभियन्ता अधिकारी सम्पर्कबिहीन भएका ढुंगेलको खोजीकार्यमा लामो समयदेखि लागिपरेका थिए।

ढुंगेल अहिले सामाजिक अभियन्ता अधिकारीको संरक्षणमा छन्। ढुंगेल डिप्रेशनको शिकार भएको बुझिएको छ। चाडै नै ढुंगेलको उचित व्यवस्थापन गरिने र उपचार शुरु गरिने सामाजिक अभियन्ता अधिकारीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार