धनगढी ।
गायक रामकृष्ण ढकालले पछिल्लो पटक सञ्चार माध्यममा आएका समाचारहरुमा कुनै सत्यता नरहेको बताएका छन् ।
केही समययता सञ्चार माध्यममा मेरो व्यक्तिगत जीवन र मेरो परिवारसंग जोडिएर अनुमान र अडकलवाजीका आधारमा आएका समाचारहरुमा आएका समाचारमा कुनै सत्यता छैन,गायक ढकालले भने, म र मेरो पत्नि हामी सबै संगै छौ । हाम्रो माया र सम्बन्ध उस्तै छ । जस्तो पहिले थियो ।
गायक ढकालको निजी जिन्दगीका बारेमा समाचार आएपछि पहिलो पटक उनले समाचारमाध्यमलाइ अन्तर्वार्ता दिएका हुन् ।
शुभेच्छुकहरुको माया, स्नेह र शुभेच्छाले मलाई निकै उत्साही बनाएको छ ,आज बिहान रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्जसंगको अन्तर्वार्ता उनले भने, देश विदेशमा रहेका आफ्ना शुभचिन्तक, र संगीतका पारखीहरुबाट आएका सकारात्मक सन्देश, चासो र चिन्ता प्रति म आभारी छु ।
उनले कुनै सहकारी तथा आर्थिक विषयमा पनि समस्या नरहेको समेत स्पष्ट पारे ।
भोलि धनगढीमा हुन गईरहेको नेपाल अडिसनमा निर्णायकको भूमिका निर्वाह गर्न उनी हिजो साँझ धनगढी आईपुगेका हुन् ।
















