
भोला लामिछाने, स्पेन।
बागलुङ समाज स्पेनले चैतेदशैको अवसर पारेर बार्सिलोनामा विशेष कार्यक्रम गर्ने भएको छ ।आज बसेको समाजको बैठकले मार्चको अन्तिम हप्ता उक्त कार्यक्रमको आयोजना गरिने बताईएको छ ।
उक्त कार्यक्रम लाई भब्य बनाउनको लागी सस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिती गठन गरिएको सस्थाका अध्यक्ष राजु थापाले जानाकारी दिए ।
बागलुङ र चैतेदशै मेला एक अर्कामा परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागेको जानाकारी सस्थाका वरिष्ठ उपाध्यक्ष दिपक छेत्रीले बताएका छन्।
“हामी सबैको कार्यक्रम हो, स्पेनमा रहेका सम्पुर्ण सङ्घ सस्था लगायत सबैलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको छ। अन्य कार्यक्रम नजुधाई दिनहुनको लागी अनुरोध गर्दछौ” समाजका सचिब अरुण अनामी घिमिरेले अनुरोध गरेका छन् ।
















