
पोर्चुगल।
जनवरी १२ तारिख आइतबारका दिन पोर्चुगलमा एकैघरका दुई दाजुभाइको मृत्यु भएपछि पोर्चुगलको नेपाली समाज शोकमा डुबेको छ। ५१ वर्षीय कमलबहादुर वाइबा तामाङ र ३४ वर्षीय सुरज वाइबा तामाङ बिदाको दिन रमाइलो गर्न बल्छी लिएर माछा मार्न समुन्द्री किनारमा गएका थिए । समुन्द्री छालमा डुबेर दुबै दाजुभाइले अकालमै ज्यान गुमाए।
मृतकका परिवारसँगको अनुरोधमा मृतकद्वयको पार्थीव शरीरलाई नेपालमा पठाउने निर्णय गरिएको छ । पार्थीव शरीर नेपाल पठाउन शव व्यवस्थापन एजेन्सी मार्फत प्रकृया शुरु गरिएको छ ।
यो पनि पढ्नुहोस् !
पोर्चुगल : समुन्द्री छालले बगाएर एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु , सिंगो नेपाली समुदाय शोकमा !
जनवरी १३ तारिख सोमबारका दिन गैरआवासीय नेपाली संघ पोर्तुगलको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मृतकद्वयको पार्थीव शरीर नेपाल पठाउन सबै संघ संस्थाले आर्थिक संकलनको अभियान चलाउने निर्णय गरेको छ।
आर्थिक सहयोग गर्नका लागि आफु आबद्ध सामाजिक संस्थासंग सम्पर्क गर्नहुन वा गैह्र आवासीय नेपाली संघको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिएको छ।
त्यस्तै तामाङ समाज पोर्चुगलले पनि आर्थिक सहयोग अभियान शुरु गरिसकेको छ। सहयोगका लागि समाजले आफु आबद्ध सामाजिक संस्थासंग सम्पर्क गर्न वा तामाङ समाज पोर्चुगलका निम्न प्रतिनिधिहरुलाई सम्पर्क गर्न अनुरोध गरको छ।
– सुनिता तामाङ : 920231306
– जानकी तामाङ : 920518645
– प्रदिप तामाङ : 93118500
– बिन्दु तामाङ : 920067442
– मिङ्ग्मा तामाङ : 920514068
सहयोग रकम सिधै बैंक खातामा जम्मा गर्न :

















