लिस्बन।
पोर्चुगलमा पहिलोपटक “भयलेन्टाइनस डे दम्पति फोटो प्रतियोगिता २०२०” सम्पन्न हुदैछ।
पोर्तुगलको बिशेष गरि नेपाली समुदायमा फोटोग्राफी क्षेत्रमा चिरपरिचित तथा प्रख्यात नाम फोटोदृष्टिले आयोजनामा ‘ फोटोग्राफी मार्फत माया र खुसी बाँढ्दै ‘ नाराका साथ् “भयलेन्टाइनस डे दम्पति(कपल) फोटो प्रतियोगिता २०२०” को आयोजना गरेको छ। पोर्तुगलमा बसोबास गर्नेहरु मात्र यस प्रतियोगितामा सहभागी हुन् सक्ने जानकारी आयोजकले दिएका छन् ।
“भयलेन्टाइनस डे दम्पति(कपल) फोटो प्रतियोगिता २०२०” मा कसरी सहभागी हुने ? यस्ता छन नियमहरु –
१ – पहिलाको वा हालसालको, मोबाईल फोन वा अन्य क्यामेराले खिचेको, तपाईको जोडिको कुनै एउटा फ़ोटो २० जनवरी राती १२ बजे भित्र ९२०२८८११४ को ह्वाट्सएप, वा मयसेंजरमा पठाउनुहुन अनुरोध गर्दछौं ।
२ – प्राप्त भएको सम्पूर्ण तस्बीरहरुलाई २१ जनवरीको दिन फोटो दृष्टिको पेजबाट प्रकाशित गरिनेछ ।
३ – त्यस पश्चात १२ फेब्रुअरी राती १२ बजेसम्म तपाईले आफ्नो फोटोको लाईक बढाउनको निम्ति साथीहरुलाई सेयर र ट्याग गरी निबेदन गर्नसक्नु हुनेछ ।
४- फोटो LIKE गर्ने प्रत्येक ब्यक्तिले अनिवार्य रूपमा फोटो दृष्टिको पेज PhotoDrishti लाई LIKE गरेको हुनुपर्नेछ । फोटोमात्र LIKE गरिएको LIKES गण्य हुने छैन ।
५ – सबभन्दा बढ़ी LIKES प्राप्त प्रथम, द्वितीय र तृतीयलाई नगद, फोटो शूट सहित आकर्षक पुरस्कार १४ फेब्रुअरी बेलुका रात्रिभोजमा निम्नत्रणा गरी पुरस्कार वितरण गरिनेछ ।
पोर्तुगलमा फोटोदृष्टिले जनमानस मार्फत पाएको माया, बिश्वास र सहयोगको कारण यो प्रतियोगिताको आयोजना गरिएको जानकारी फोटोदृष्टिका संचालक अर्जुन जयसवाल बताउछन् ।
















