
भोला लामिछाने , स्पेन ।
बागलुङ समाज स्पेनले नेपालमा रहेका बिपन्न परिवारलाई ८२ हजार रुपैया आर्थिक सहयोग गरेको छ । ब्लड क्यान्सर रोगबाट ग्रसित काठेखोला गाउपालिका ८ लेखानि बागलुङकी स्वर्गीय गिता कडेलको परिवारलाई उक्त सहयोग रक़म हस्तान्तरण गरेको हो ।
गिता कडेलको उपचारको क्रममा मृत्यु गएको थियो । स्वर्गीय कंडेलको घरको अवस्था कमजोर भएकोले परिवार लाई केहि राहत होस भन्ने अभिप्रायले समाजले उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष राजु थापाले जानाकारी दिएका छन् ।
स्थापनाकालदेखी नै बागलुङ समाज स्पेनले बागलुङ जिल्लामा रहेका समस्यामा परेका निम्न आय भएका परिवारलाई सहयोग गर्दै आइरहेको समाजका सचिव अरूण अनामी घिमीरेले बताए ।
















