
लिस्बन।
लिस्बनको कालादा दा मउरियामा दक्षिण एशियाली आप्रवासीहरुको ग्याङ्ग फाइट हुदा कयौ व्यक्तिलाई छुरा प्रहार भएको र एकलाई गोली लागेको खबर छ। झगडामा कम्तिमा ४० जना सम्मिलित भएको बुझिएको छ।
घटना शनिवार रातिको हो। प्रहरीलाई घटनाबारे रातको ९:१५ बजे खबर पुगेको थियो। झगडामा बंगलादेशी र भारतीय नागरिकहरु सम्मिलित भएको प्रहरीको भनाई छ।
झगडामा छुरा प्रहारबाट घाइते भएका ४ जनाको साउ जोजे हस्पिटलमा उपचार भईरहेको छ भने एकलाई गोली समेत लागेको छ।
घटनास्थलमा पुलिस टोली र कम्तिमा तीन एम्बुलेन्सहरू परिचालन गरिएको थियो। घटनावारे प्रहरी अनुशन्धान गरिरहेको छ ।
सो झगडा र घटनामा संलग्न केहीलाई प्रहरीले पहिचान गरिएको र थप अनुशन्धान गरिरहेको बुझिएको छ ।
















