सेफद्वारा नक्कली पासपोर्ट सहित लिस्बन एयरपोर्टमा पाँच यात्रु पक्राउ

लिस्बन, पोर्चुगल।

पछिल्लो सप्ताहअन्तमा विदेशी र सीमा सेवा (सेफ ) ले क्यानाडा र युकेका लागि यात्रा गरिरहेका नक्कली पासपोर्टवाहक पाँच यात्रुलाई लिस्बन एयरपोर्टबाट पक्राउ गरेको छ ।

लन्डनको लागि लिस्बन एयरपोर्टबाट उडानको तयारीमा रहेका एक विदेशी नागरिकलाई अध्यागमनले पक्राउ गर्यो जसले इटालीले जारी गरेको कार्ड प्रस्तुत गर्यो।

पक्राउ परेका बाँकी चार यात्रुहरु लिस्बनबाट क्यानाडाको टोरोन्टो उडानको तयारीमा थिए। उनीहरुसंग स्लोभेनियाले जारी गरेको नक्कली साझा पासपोर्ट थियो । उनीहरुबाट क्यानाडा द्वारा जारी गरिएको थप पासपोर्ट ; नक्कली औठाछाप भएको जर्मनी द्वारा जारी पासपोर्ट ; र क्यानडा द्वारा जारी गरिएको एक नक्कली ड्राइभिंग इजाजतपत्र समेत बरामद गरिएको थियो।

सबै जालसाजी कागजातहरू सहित पक्राउमा परेका पाचैजनालाई अदालतमा उपस्थित गराईएको विदेशी र सीमा सेवा (सेफ ) ले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार