
लिस्बन, पोर्चुगल।
कामदार भिषामा १२ लाख तिरेर पोर्चुगल आएका २३ जना नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार छन् । स्पोन्सर गर्ने कम्पनीले वास्तै नगरेपछि उनीहरुको बिचल्ली भएको छ।
नेपालबाट १२-१२ लाख तिरेर सिजनल वर्क भिषामा पोर्चुगल आएका नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार भएपछि नेपालबाटै खर्च मगाएर यहाँ बस्न बाध्य छन्। कयौले नेपाल फर्कने मनसाय समेत बनाएका छन् तर आफुले ऋण गरेर तिरेको १२ लाख कसरी असुल गर्ने वा कसरी ऋण तिर्ने भनेर चिन्तित छन्।
यो पढ्न छुट्यो कि ?
“पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “
भोइस अफ नेपालको सम्पर्कमा आएका पिडित नेपालीहरुको भनाई छन् , ” हामीलाई एनआरएन नेताहरुले नै ल्याएका हुन्, तर यहाँ आएपछि हाम्रो बिचल्ली भयो। यस्तो हुन्छ थाहा भएको भए पोर्चुगल आउने नै थिएनौ। अब १२ लाखको ऋणको भारि बोकेर कुन मुखले नेपाल फर्किनु। ”
पछिल्लो समयमा “सिजनल वर्क भिषा”मा पोर्चुगल आउनेहरुको संख्या बढ्दो छ। तर सिजनल वर्क भिषा कामदार वा मान्छेहरुलाई पोर्चुगल छिराउने माध्यम मात्रै बनेको छ। सिजनल वर्क भिषामा पोर्चुगल आएका अधिकांस नेपाली कामदारहरुलाई स्पोन्सर गर्ने कम्पनीले वास्तै नगरेपछि सबैको बिचल्ली भएको हो।
















